Bagmati Samachar Logo

चुनावी मैदानमा तीन पूर्वकम्युनिस्ट प्रधानमन्त्री

२०७९ सालको फागुन २१ मा हुने चुनावी मैदानमा तीन पूर्वप्रधानमन्त्री प्रतिस्पर्धामा छन् । संयोजक नै भन्नु पर्छ तीनै जना पूर्वप्रधानमन्त्री कम्युनिस्ट पार्टीका हुन् । अझ एक पटक तीनै जना एउटै पार्टीमा थिए ।

२०७५ सालमा माओवादी र एमालेबीच एकता हुँदा पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली र माधवकुमार नेपाल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा थिए । प्रचण्ड र ओली अध्यक्ष थिए भने नेपाल सचिवालय सदस्य थिए । तर २०७७ सालमा सर्वोच्च अदालतले नेकपा विभाजन गरिदिएपछि माओवादी र एमाले आआफ्नै ठाउँमा फर्केका थिए ।

त्यसपछि नेकपा एमाले पनि विभाजन भयो । नेपालको नेतृत्वमा एमाले विभाजन भयो । उक्त पार्टी विभाजन भएपछि नेकपा एकीकृत समाजवादी बन्यो । अध्यक्ष नेपाल बने ।

गत कार्तिक १९ गते माओवादी र एस लगायतका पार्टीहरुबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टी बन्यो । उक्त पार्टीमा अहिले तीन वटा पूर्वप्रधानमन्त्री छन् । प्रचण्ड, नेपाल र झलनाथ खनाल पूर्वप्रधानमन्त्री हुन् ।

२१ गते हुने चुनावमा प्रचण्ड , ओली र नेपाल चुनावी मैदानमा छन् । प्रचण्ड रुकुमपूर्वबाट उम्मेदवार बनेका छन् । ओली झापा ५ बाट र नेपाल रौतहट १ बाट उम्मेदवार बनेका छन् ।

ओलीलाई एमालेले भावी प्रधानमन्त्रीको रुपमा अगाडि सारेको छ तर नेकपाले कसैलाई पनि प्रधानमन्त्रीको रुपमा घोषणा गरेको छैन ।

प्रचण्ड

२०५२–२०६२ सम्म माओवादी सशस्त्र आन्दोलनको नेतृत्व गरेका प्रचण्ड २०६२ सालमा १२ बुँदे सम्झौता भएसँगै शान्तिपूर्ण राजनीतिमा आएका थिए ।
२०६४ सालको संविधान सभा निर्वाचनमार्फत पहिलो पटक संसदीय प्रतिस्पर्धामा उत्रिएका उनी त्यस यता एक निर्वाचन क्षेत्र बाहेक उम्मेदवारी दिएका हरेक ठाउँमा जित्दै आएका छन् । २०६४ सालमा काठमाडौं–१० र रोल्पा–२ बाट प्रचण्डले भारी मतान्तरले निर्वाचन जिते ।

२०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौँ–१० मा पराजित भएका उनी सिराहा–५ बाट विजयी भए । त्यतिबेला प्रचण्डले काठमाडौं–१० मा १२ हजार ८५९ मत प्राप्त गरी तेस्रो स्थानमा चित्त बुझाएका थिए । कांग्रेसका राजेन्द्र कुमार केसीले २० हजार ३९२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुरेन्द्र मानन्धरले १३ हजार ६१९ मत प्राप्त गरेका थिए ।

२०६४ सालमा सोही क्षेत्रबाट कांग्रेसका राजेन्द्र कुमार केसीलाई प्रचण्डले १२ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । ०७० मा काठमाडौंमा पराजित भए पनि प्रचण्ड सिराहा–५ बाट निर्वाचित भएका थिए । १५ हजार २४४ मत ल्याएर उनी निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी एमालेका लिलानाथ श्रेष्ठले १४ हजार २२३ मत प्राप्त गरेका थिए ।

२०७४ सालमा एमाले र माओवादी केन्द्रबिच वाम गठबन्धन बनेपछि प्रचण्ड चितवन–३ बाट उम्मेदवार भए । त्यतिबेला उनी ४८ हजार २७६ मत ल्याएर निर्वाचित भएका थिए ।

२०७९ को निर्वाचनमा प्रचण्ड चितवन–३ छाडेर गोरखा–२ बाट उम्मेदवार भए । उनी २६ हजार १०९ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी रास्वपाका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६३९ मत प्राप्त गरेका थिए। अहिले गोरखा–२ छोडेर माओवादीको आधार इलाका रुकुम पूर्वबाट उम्मेदवारी दिएका छन् ।
नेकपा एकीकृत समाजवादी लगायत २२ वटा वाम घटक मिलाएर नेपाली कम्युनिस्ट पार्टी बनाएका प्रचण्डले निर्वाचनपछि आफ्नो पार्टी निर्णायक शक्ति बन्ने दाबी गर्दै आएका छन् । उनलाई योपटक कांग्रेसका कुशुमदेवी थापा, एमालेका लिलामणि गौतम, रास्वपाका लखन कुमार थापा, प्रलोपाका सन्दीप पुन चुनावी मैदानमा छन् ।
अन्य नेताहरु भन्दा प्रचण्डलाई चुनाव सहज छ ।

माधवकुमार नेपाल

२०६४ सालको संविधान सभा निर्वाचनमा काठमाडौं–२ र रौतहट–६ बाट पराजित भएका तत्कालीन एमालेका महासचिव माधव नेपालले मत परिणाम सार्वजनिक भएसँगै पदबाट राजीनामा दिएका थिए । ६०१ सदस्यीय संविधान सभा सदस्य निर्वाचनमा माओवादी २२९ सिट जितेर पहिलो दल बन्यो। एमालेले १०८ सिट जितेर तेस्रो दलमा चित्त बुझाउनु परेको थियो ।

प्रधानसेनापति रुक्माङ्गत कटुवाल प्रकरणमा प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएपछि नेपाल २०६६ साल जेठ ११ गते प्रधानमन्त्री बने । त्यसअघि प्रचण्ड सरकारले नेपाललाई संवैधानिक समितिको सभापतिमा नियुक्त गरेको थियो । प्रचण्डले राजीनामा दिएपछि नेपाल आफू निकट एक सांसदलाई राजीनामा दिन लगाएर सांसद बनेका थिए । कांग्रेस र मधेसी दलहरूको समर्थनमा उनी प्रधानमन्त्री बने ।

२०७० सालमा नेपाल काठमाडौँ–२ र रौतहट १ बाट विजयी भए । रौतहट १ बाट नेपाल ८ हजार ३६१ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अजय कुमार गुप्ताले ८ हजार २३ मत प्राप्त गरेका थिए । २०७४ सालको निर्वाचनमा नेपाल काठमाडौँ–२ बाट निर्वाचित भए । नेपालले २७ हजार ३६६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका दिपक प्रसाद कुइँकेलले १४ हजार ९०३ मत प्राप्त गरेका थिए ।

२०२९ सालमा नेपाल रौतहट १ बाट ३३ हजार ५२२ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका अजय कुमार गुप्ताले २६ हजार ९२२ मत प्राप्त गरेका थिए ।

नेकपाका सहसंयोजक रहेका नेपाल यो पटक पनि सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका छन् । तर २०६६ सालमा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जली योग पीठको जग्गा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेकाले उनी अप्ठ्यारोमा परेका छन् । उनी चुनाव जितेर आए पनि मुद्दा छिनोफानो नहुन्जेल संसदीय भूमिकामा रहन पाउने छैनन् । यसपटक नेपाललाई पुराना नेता अनिलकुमार झाले चुनौती दिएका छन् । झा नेपाली कांग्रेसबाट उम्मेदवार छन् । एमालेबाट पुरानै प्रतिस्पर्धी अजय गुप्ता, रास्वपाबाट राजेश कुमार चौधरी र जसपा नेपालका योगेन्द्र राय यादव प्रतिस्पर्धामा उत्रिएका छन् ।

केपी शर्मा ओली

गत भदौमा भएको जेनजी आन्दोलनपछि सत्ता गुमाएका पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । उनी २०४८ सालदेखि उनी निरन्तर झापा–५ बाट उठ्दै आएका छन् । ओलीले २०६४ सालको निर्वाचन बाहेक अन्य सबैमा जित हासिल गरेका छन् । चार पटक प्रधानमन्त्री बनेका उनलाई योपटक रास्वपाका वरिष्ठ नेता बालेन शाहले चुनौती दिएका छन् । मंसिरमा सम्पन्न एमालेको ११औं महाधिवेशनबाट तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका उनी चुनाव जितेर पाँचौं पटक प्रधानमन्त्री बन्ने दाउमा
२०७० सालको निर्वाचनमा झापा–७ बाट ओली १९ हजार २८७ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सुरेश कुमार योङयले ११ हजार ४१ मत प्राप्त गरेका थिए ।

२०७४ सालमा झापा–५ बाट ओली ५७ हजार १३९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत प्राप्त गरे । २०७९ को निर्वाचनमा उनी ५२ हजार ३१९ मत ल्याएर निर्वाचित भए । ओलीका पुरानै प्रतिस्पर्धी अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका थिए । योपटक कांग्रेसले मंधरा चिमरियालाई उम्मेदवार बनाएको छ । नेकपाले रञ्जित तामाङ र राप्रपाले लक्ष्मीप्रसाद संग्रौलालाई उठाएको छ ।