अघिल्लो दिन एमाले कांग्रेससँग कुरा गर्छु भनेका प्रचण्डले बोली फेरेर भने अतिवादीसँग गठबन्धन हुँदैन
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गत भदौ २३ हत्या र २४ गतेको विध्वंस दुवै अतिवादी प्रवृत्ति भएको बताएका छन् । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी यी दुवै प्रवृत्तिको विरोध गरेका हुन् ।
उनले भने , ‘सरकारले २३ जना जेनजी युवाको हत्या गर्यो । जेनजीको हत्याको सबैभन्दा पहिला विरोध गरेर सरकारलाई राजीनामा दिन भनेका थियौँ । भोलिपल्ट विपक्षी दलहरूको बैठक बोलाएर सरकारको दमनको विरोध गरेका थियौँ । सरकारको अहङ्कार र दम्भको प्रवृत्ति अहिलेसम्म पनि समीक्षा हुन सकेको छैन । त्यो प्रवृत्ति अहिले पनि कायमै छ । भदौ २४ गते राज्यको सम्पत्ति, पार्टी कार्यालय र नेताहरूको घर जलाउने काम भयो त्यो अर्को अतिवादी प्रवृत्ति हुन् । यी दुवै नेपाली मनका भावना प्रवृत्ति होइन । यी दुवै प्रवृत्तिका परास्त गर्न म अपिल गर्दछु ।’
नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले बुधबार पार्टीको आन्तरिक छलफलमा कांग्रेस एमाले सहयात्री भएकाले कुरा गर्ने बताएका थिए ।
चुनाव जति नजिकिदै छ त्यति नै नेताहरु आन्तरिक रिपोर्ट बुझ्ने र त्यहि अनुसारको रणनीति बनाउने काममा व्यस्त रहेका छन् ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा वाम बुद्धिजीवीसँग छलफल गर्दै प्रचण्डले अहिले नेकपाको माहोला राम्रो बनेको र धेरै सिट जित्ने अवस्था बनेको बताएका थिए ।
तर बिहीबारको पत्रकारसम्मेलनमा प्रचण्डले कसैसँग गठबन्धन नगर्ने र कहि पनि नछोड्ने बताएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यसपटक आफूहरु आफ्नै एजेन्डाको बलमा चुनावमा होमिएको बताएका छन् ।
उनले भने, ‘हामी आफ्नै पार्टी र जनताको बलमा निर्वाचनमा जान्छौँ, यो कुरा पहिलो दिनदेखि नै भन्दै आइरहेका छौँ । केहि मिडियामा समीकरण बन्न थालेकोबारमो चर्चा भएको छ । तर हामी कसैसँग गठबन्धन गर्दैनौँ ।’
उनले भदौ २३ गतेको जिम्मेवार दल र भदौ २४ गते विध्वंस मच्चाउने दलसँग तालमेल नगर्ने बताए ।
नेकपा आफ्नै शक्तिमा चुनावमा होमिएको भन्दै कांग्रेस र एमालेसँग मिलेर महागठबन्धन गर्ने कुनै सम्भावना नभएको बताए ।
आजमात्र झापा ५ का उम्मेदवार रन्जीत तामाङलाई फोन गरेर जितेर आए मन्त्री बनाउने भन्दै फोन गरेका छन् । हिजो प्रचण्डको बोलीले एमाले अध्यक्ष तथा झापा ५ का उम्मेदवार केपी शर्मा ओलीलाई सहयोग गर्न आफ्नो पार्टीका उम्मेदवार तामाङलाई उम्मेदवारी निस्क्रिय गराउन लगाउन सक्ने अडकलबाजी चलेको थियो । तर आज प्रचण्डले गठबन्धन र सहयोग गर्ने कुरा हल्ला मात्र भएको दाबी गरेका छन् ।
प्रचण्डले गत २३ भदौको हत्या र २४ भदौको विध्वंस दुवै अतिवादी प्रवृत्ति भएको बताएका छन् । उनले दुवै प्रवृत्तिको विरोध गर्दै भने,‘सरकारले २३ जना जेनजी युवाको हत्या ग¥यो । जेनजीको हत्याको सबैभन्दा पहिला विरोध गरेर सरकारलाई राजीनामा दिन भनेका थियौँ । भोलिपल्ट विपक्षी दलहरूको बैठक बोलाएर सरकारको दमनको विरोध गरेका थियौँ । सरकारको अहंकार र दम्भको प्रवृत्ति अहिलेसम्म पनि समीक्षा हुन सकेको छैन । त्यो प्रवृत्ति अहिले पनि कायमै छ । भदौ २४ गते राज्यको सम्पत्ति, पार्टी कार्यालय र नेताहरूको घर जलाउने काम भयो त्यो अर्को अतिवादी प्रवृत्ति हुन् । यी दुवै नेपाली मनका भावना प्रवृत्ति होइन । यी दुवै प्रवृत्तिका परास्त गर्न म अपिल गर्दछु ।’
प्रचण्डले बुधबार स्वच्छ, निष्पक्ष चुनाव नेकपाको पक्षमा राम्रो नतिजा आउने दाबी गरेका छन् । उनले भनेका थिए, ‘चुनावका निम्ति नेकपाको जस्तो सक्रियता अरू कसैको देखिएको छैन । अहिलेको स्थिति हेर्दा देखिन्छ के भने स्वच्छ, निष्पक्ष निर्वाचन हुन्छ भने हाम्रो राम्रो हुन्छ । हाम्रो जस्तो सक्रियता, एकता पार्टीभित्र अहिले अरू कसैको पनि देखिया छैन ।’
प्रचण्डले बुद्धिजिवीहरुसँग मुलुकको परिवर्तनको वाहक आफूहरू नै भएको र हिजोका सहयात्रीसँग मिलेर वैदेशिक दलालका विरुद्ध लाग्नुपर्ने जिम्मेवारी पनि आफ्नो भएको बताएका थिए ।
प्रचण्डको उक्त भनाइ आएपछि पार्टी भित्र र बाहिर नयाँ चर्चा सुरु भएको छ के अब चुनावको मुखैमा तीन पार्टीबीच अघोषित अथवा घोषित रुपमा गठबन्धन हुन थालेको हो र ?
तर आज पत्रकार सम्मेलनमा प्रचण्डले कसैसँग गठबन्धन नगर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: