Bagmati Samachar Logo

गगन–बालेन जुहारीमा रविले भने – ठेकेदारलाई डोरीले नभई कानुनले बाँध्ने हाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विकास निर्माणका काम अलपत्र पार्ने ठेकेदारलाई डोरीले नभई कानुनले बाँध्ने रास्वपाको नीति रहेको बताएका छन् । इटहरीमा आयोजित चुनावी सभामा लामिछानेले ठेकेदारलाई डोरीले बाँध्ने आफूहरूको नीति नभएको प्रस्ट पारे ।

उनले भने, ‘डोरीले बाँध्ने भनेको होइन । नीतिले बाँध्ने भनेको हो ।’ ६ फागुनमा धनगढीमा आयोजित चुनावी सभामा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले ठेकेदारलाई रुखमा बाँधेर भए पनि बाटो बन्नुपर्ने आफूहरूको एजेन्डा रहेको बताएका थिए ।

त्यसको जवाफमा कांग्रेस सभापति गगन थापाले ठेकेदारलाई रुखमा बाँधेर समाधान ननिस्किने बताएका थिए । सडक समयमै बनाउन २० वटा कानुन सुधार्नुपर्ने गगनको भनाइ थियो । त्यसमा जवाफ फर्काउँदै रविले मंगलबार इटहरीबाट भने, ‘कानुन फेर्नुपर्छ भन्ने बल्ल ज्ञान आयो तपाईंलाई ? यत्तिका वर्ष के गर्नुभयो ।’

लामिछानेले निर्माण व्यवसायीले रास्वपाविरुद्ध विज्ञप्तिबाजी गरिरहन नपर्ने बरु देश निर्माण गर्न ठूला उपकरण खरिद गर्न सुझाव दिए । ुदुई सिफ्टमा हुन्छ कि तीन सिफ्टमा हुन्छ । अब काम गर्ने हो । देश बनाउने हो । ठूला उपकरण नभए खरिद गर्नुहोस्ु, लामिछानेले भने, ‘निर्माण व्यवसायी साथीहरूले विज्ञप्तिबाजी गरिरहनु पर्दैन ।