रास्वपा मधेशकी संस्थापक सभापति शर्माले पार्टी छोडेको दोस्रो दिन बागमतीका उपसभापति हुमागाईले पनि पार्टी छोडे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेशका उपसभापति दिनेश गौतमले पार्टी छोडेका छन् । उनले पार्टीमा उम्मेदवार छनोटमा चरम चलखेल भएको भन्दै रास्वपाको साधारण सदस्य पनि नरहने गरी राजीनामा बुझाएका छन् । गौतम २०७९ सालमा काभ्रे २ बाट उम्मेदवार बनेका थिए ।
रास्वपा मधेशकी संस्थापक सभापति ममता शर्माले बुधबार पार्टी छोडेकी हुन् । उनी बुधबार नै नेपाली कांग्रेस प्रवेश गरेकी छन् ।
‘उम्मेदवार छनोट प्रक्रिया विधान, मापदण्ड र आन्तरिक लोकतन्त्रविपरीत सञ्चालन गरिएको देखिन्छ । वर्षौंदेखि पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट हालसालै आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको छ,’ उनले पार्टीमा बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘विशेष रूपमा, दुई–चार दिन अघाडिसम्म मोबाइल पसलमा काम गरिरहेका, गीत गाइरहेका, सामाजिक अभियन्ता भनेर हिँडिरहेका, चटकदारहरूलाई स्वार्थको आधारमा उम्मेदवार बनाइएको छ ।’
जान्नेलाई छान्ने भनिए पनि उम्मेदवार छनोटमा चरम चलखेल भएको उनको भनाइ छ । ‘पार्टीले सुरुमा २०७९ को निर्वाचनमा जान्नेलाई छान्ने भनेको थियो । तर व्यवहारमा तिनै जान्ने, सीमित व्यक्तिहरू, माथिका व्यक्तिहरूलाई चाकडी गर्ने, खुसी पार्ने, वरिपरि घुम्ने ९नेपालीमा ‘गणेश प्रवृत्ति’० पात्रहरूलाई प्रत्यक्ष र समानुपातिक दुवैतर्फ प्राथमिकता दिइएको छ,’ उनले भनेका छन्, ‘पार्टीले चयन गरेको चरम चलखेलले भोलिको नेपालको संसद चटकदारहरूको थलो, विकृत र अवसरवादी संरचनामा परिणत हुने स्पष्ट संकेत देखाएको छ ।’
गौतमले २०७९ सालको प्रतिनिधिसभामा निर्वाचनमा काभ्रे २ मा रास्वपाबाट १० हजार ५७३ भोट ल्याएका थिए ।
प्रतिक्रिया दिनुहोस्: