‘रवीले सार्वजनिक गरे पाँचबुँदे नागरिक करार पत्र
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग करार भन्दै पाँचबुँदे पत्र सार्वजनिक गरेका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो करारपत्र सार्वजनिक गरेका हुन् ।
‘चुनावमा वाचा त धेरैले धेरैपटक गरे । तर, पूरा नगरेको परिणाम उनीहरूले होइन, जनताले नै निरन्तर भोग्नुपर्यो । हामी पूरा नहुने वाचा होइन जनतासँग प्रतिज्ञाको करार गर्दै छौँ, लामिछानेले पत्र सार्वजनिक गर्दै लेखेका छन् ।
सदाचार र असल शासन, मध्यमवर्गीय विस्तारस काम, काम, काम, कनेक्टिभिटी र प्रवास गरी पाँच बुँदामा केन्द्रित रहेर जनतासँग करार गर्ने पत्रमा उल्लेख गरिएको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि ‘वाचापत्र’ ल्याउनुअघि नागरिक करार गर्ने रास्वपाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्: