Bagmati Samachar Logo

दुर्गा प्रसाईं ‘हाजिर जमानी’मा छुटे

काठमाडौं । दुर्गा प्रसाई हाजिर जमानीमा छुटेका छन् । शुक्रबार विरगन्ज जानेक्रममा चाल्नाखेलबाट पक्राउ परेका पसाई आज हाजिर जमानीमा छुटेका हुन् । आगामी २१ फागुनमा हुने चुनाव बिथोल्ने अभियान सुरु गर्न लागेको आरोपमा पक्राउ परेका गरेका थिए। उनलाई जिल्ला सरकारी वकिल कार्यालयले हाजिर जमानीमा छोड्ने निर्णय गरेको हो ।

साइबर ब्युरोका एसपी दीपकराज अवस्थीका अनुसार जिल्ला सरकारी वकिल कार्यालयको निर्णयअनुसार उनलाई ‘हाजिर जमानी’मा रिहा गरिएको हो ।

प्रसाईं दुई दिन हिरासतमा बसेर छुटेका हुन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका उनले निर्वाचनबारे बोलेका कुरालाई प्रहरीको साइबर ब्युरोले अनुसन्धानको ‘आधार’ बनाएको थियो । प्रसाईंले विद्युतीय माध्यमबाट निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप छ ।

उच्च सुरक्षा स्रोतका अनुसार प्रसाईं र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच २२ माघमा भक्तपुरमा भेटवार्ता भएको थियो । ओलीसँग भेटेपछि वीरगञ्जमा कार्यक्रम गर्न भनेर प्रसाई पर्सा जाँदै थिए ।

उच्च सुरक्षा स्रोतका अनुसार वीरगञ्जमा कार्यक्रम गरेर प्रसाईंले २१ फागुनमा हुने निर्वाचन बिथोल्ने अभियान सुरु गर्न लागेको सुराकका आधारमा प्रसाईंलाई पक्राउ गर्ने निर्णय भएको थियो ।