Bagmati Samachar Logo

राष्ट्रियसभामा सुदूरपश्चिमबाट खाती र भण्डारी विजयी

काठमाडौं । राष्ट्रिय सभामा सुदूरपश्चिमबाट कांग्रेसका खम्मबहादुर खाती र एमालेकी लीलाकुमारी भण्डारी विजयी भएका हुन् । कांग्रेस–एमाले गठबन्धनका गरेका थिए ।

अन्यतर्फ खातीले ३ हजार ९६९ मतभार पाउँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का टीकाराम जैसी १ हजार ८०५ मतभार पाए । महिलातर्फ एमालेकी भण्डारीले ३ हजार ९९४ मतभार प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी नेकपाकी रोजी बस्नेत १ हजार ६७५ मतभार पाइन् ।

निर्वाचनमा दुवै दलबीच गठबन्धन भएको थियो । आज भएको मतदानमा २२० मत खसेको थियो । कांग्रेसका प्रदेशसभा सदस्य प्रकाश देउवा र राप्रपाकी सांसद खेमा विष्टले मतदानमा सहभागी भएनन् । त्यस्तै धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र जानकी गाउँपालिकी उपाध्यक्ष लालमतीदेबी कठरिया भने मतदानमा सहभागी भएनन् ।