राष्ट्रिय सभा सदस्य बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी
मकवानपुर । राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट कांग्रेस एमाले गठबन्धनका उम्मेदवार गिता देवकोटा र डा. प्रेम प्रसाद दंगाल विजयी भएका छन् ।
नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट चुनाव लडेका देवकोटा र दंगालले नेकपाका उम्मेदवारलाई पराजित गरेका हुन् ।
महिला क्लस्टरमा कांग्रेसका देवकोटाले ६ हजार २३९ मत सहित निर्वाचन जितेकी हुन् । उनले प्रदेश सभा सदस्य तर्फ ६० र स्थानीय तहतर्फ १६१ मत पाइन ।
उनको निकटतम प्रतिद्वन्द्वी नेकपाकी सरोज कुमारी झाले २ हजार ५२२ मत पाइन । सोही पदमा उम्मेदवार बनेकी नेमकिपाकी कविता महर्जनले १९७ मत पाइन ।
प्रदेश सभा तर्फ कुल ८९ मतदाता मध्ये ८८ मत सदर भएको थियो भने स्थानीय तह तर्फ २२९ मत मध्ये २२६ मत सदर भएको थियो भने ३ मत बदर भएको थियो ।
अन्य क्लस्टरमा उम्मेदवार बनेका डा.दंगालले ६ हजार २०५ मत सहित निर्वाचन जितेका हुन् । उनले प्रदेश सभा तर्फ ५९ मत र स्थानीय तह तर्फ १६२ मत पाएका थिए ।
उनको निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५४१ मत पाए ।

प्रतिक्रिया दिनुहोस्: