Bagmati Samachar Logo

राष्ट्रियसभामा कर्णालीबाट कांग्रेस–एमाले गठबन्धन विजयी

काठमाडौं । राष्ट्रियसभा सदस्यको चुनावमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । आइतबार भएको मतदानमा कांग्रेसबाटललितजंग शाही र एमालेबाट मिनासिंह रखाल विजयी भएका हुन् ।

अन्य क्लस्टरबाट उम्मेदवार बनेका शाहीले प्रदेशतर्फ २६ र स्थानीयतर्फ सय मतभार प्राप्त गरी विजयी बन्दा नेपाली कम्युनिस्ट पार्टीका बुद्विप्रसाद शर्माले प्रदेशतर्फ १३ स्थानीयतर्फ ५० मतभार प्राप्त गरी पराजित बने ।

यस्तै, एमालेकी रखालले प्रदेशतर्फ २६ र स्थानीयतर्फ ९३ मतभार प्राप्त गरी विजयी भइन् । उनकी प्रतिद्वन्द्वी नेकपाकी अञ्जु महतारा शाहीले प्रदेशतर्फ १३ स्थानीयतर्फ ५५ मतभार प्राप्त गरी पराजित भइन् ।

रखाल महिला क्लस्टरबाट विजयी भएकी हुन् । मतदानमा प्रदेशसभातर्फ ३९ र स्थानीय तहका एक सय ५२ जनाले भाग लिएका थिए ।