Bagmati Samachar Logo

एमालेकी रोशनी मेचे राष्ट्रियसभा सदस्यमा निर्वाचित

काठमाडौं । राष्ट्रियसभाको महिला सदस्यमा कोशी प्रदेशबाट नेकपा एमालेकी रोशनी मेचे निर्वाचित भएकी छन् । उनले ६४ जना प्रदेशसभा सदस्य र १९९ स्थानीय तहका जनप्रतिनिधिको मत पाइन् । उनले प्राप्त गरेको कुल मतभार ७ हजार १७३ हो ।

उनकी प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी नमिता न्यौपानेले २ हजार २६८ मतभार प्राप्त गरेकी छन् । राष्ट्रिय सभा चुनावमा कांग्रेस एमालेले गठबन्धन गरेका छन् ।