एमाले ओखलढुङगामा विद्रोह, जिल्ला कमिटी नेकपामा समाहित
काठमाडौं । नेकपा (एमाले)को ओखलढुङगा जिल्ला कमिटी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएको छ । एमालेले टिकट वितरण जिल्लाको सिफारिस विपरित गरेको भन्दै पुरा कमिटी नेकपामा समाहित भएको छ ।
एमाले कोशी प्रदेशका पूर्वमन्त्री आमिरबाबु गुरुङ यसअघि नै एमाले परित्याग गरिसकेका छन् । गुरुङले एमाले त्यागेर नेकपाबाट टिकट पनि लिइसकेका छन् । आज एमालेका जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का सहितको जिल्ला कमिटी नेकपामा समाहित भएको छ ।
गुरुङले पार्टी भित्र अन्याय र अत्याचार बढी भएको हुँदा विचार पनि मिल्ने, सिद्धान्त पनि मिल्ने भएकैले अर्को पार्टीमा आएको बताए । अब यसपार्टी भित्र कुनै अन्याय हुँदैन र सबैलाई जिल्ला इन्चार्जले मिलाएर जानुहुन्छ भन्ने विश्वास भएको प्रतिक्रिया दिएका छन् ।
गुरुङलाई ओखलढुंगामा उम्मेदवार बनाउने नेकपाले निर्णय गरेसँगै यसअघि घोषणा गरिएका उम्मेदवार फिर्ता गरिएको छ । काठमाडौंको सकुेधाराको पार्टी प्यालेसमा भएको कार्यक्रममा नेकपा संयोजक, सहसंयोजकसहति उच्चस्तरका नेताहरु सहभागी छन् ।
एमालेले जिल्लामा आकाङ्क्षी नै नभएका उम्मेदवार अस्मिता थापालाई केन्द्रबाट उम्मेदवार बनाएर पठाएपछि जिल्ला कमिटीमा असन्तुष्टि चुलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: