Bagmati Samachar Logo

जेनजी आन्दोलनको जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं । भदौ २३ र २४ गते घटनाको जाँचबुझ गर्न बनेको आयोगको म्याद २० दिन थपिएको छ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले २० दिन म्याद थप्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

यसअघि एक महिनाका लागि जाँचबुझ आयोगको समय थपिएको थियो।

उक्त समय अवधिमा आयोगले सबै उच्च अधिकृतको बयान सकाएको छ।

अब प्रतिवेदन लेखनको काम नसकिएकाले आयोगले थप समय मागेको हो।