नेकपाले प्रत्यक्षमा उठायो १० जना महिला उम्मेदवार
काठमाडौं । नेकपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभाको निर्वाचनको लागि प्रत्यक्षमा १० जना महिला उम्मेदवार उठाएको छ । हरेक राजनीतिक दलले ३३ प्रतिशत महिला अनिवार्य गरेको छ । जसमा दलहरुले अधिकांस महिलाहरुलाई समानुपातिक सूचिमा राख्छन् । नेकपाले पनि १० जना महिलालाई प्रत्यक्षमा उम्मेदवार बनाएको छ ।
नेकपाले काठमाडौं १० बाट रुपा महर्जनलाई अन्तिम समयमा टिकट दिएर उम्मेदवार बनाएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि १० जना महिलालाई उम्मेदवार बनाएको छ । झापा क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य धर्मशिला चापागाईंलाई उम्मेदवार बनाएको छ । उनी योभन्दा पहिला पनि निर्वाचन लडेकी थिइन् ।
संखुवासभाबाट नेकपाले सरिता खड्का थापालाई उम्मेदवार बनाएको छ । उनी कोशी प्रदेशसभामा सांसद भइसकेकी छन् । सुनसरी क्षेत्र नम्बर २ बाट रामकुमारी चौधरीलाई उम्मेदवार बनाएको छ । काठमाडौं १ बाट पनि नेकपाले मेनका भण्डारीलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, काठमाडौं ५ बाट नेकपाले कल्पना शर्मालाई उम्मेदवार बनाएको छ । उनी नेकपाका नेता दीनानाथ शर्माकी छोरी हुन् । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई पनि चितवन ३ बाट नेकपाले उम्मेदवार बनाउँदै छ । उनले भरतपुरमा धेरै विकास गरेर चर्चामा आएकी मेयरमा पर्छिन् । ८ वर्ष मेयर भएर दाहालले धेरै विकास गरेको भन्दै स्थानीयले पनि उनको चर्चा गर्ने गरेका छन् ।
यशोदा सुवेदी मनाङबाट उम्मेदवार बनेकी छन् । कञ्चनपुर १ बाट प्रचण्डकी बुहारी बिना मगर उम्मेदवार बनेकी छन् । सिन्धु जलेशालाई नवलपरासी पश्चिम क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: