गगनविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं । गगन थापालाई कांग्रेस सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। यससँगै थापालाई कांग्रेसका सभापतिमा कामकाज गर्न सहज भएको छ।
थापा समुहले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको छ । उक्त विशेष महाविधेशनबाट निर्वाचित नेतृत्वलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । त्यसको विरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्: