देउवा समूहले सानेपामा बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले केन्द्रीय समिति बैठक बोलाएको छ । शनिबार बिहान ८ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य एवम् सातवटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: