Bagmati Samachar Logo

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी वरिष्ठ उपाध्यक्ष नेकपामा समाहित हुदै

काठमाडौं । सामाजिक अभियन्ता सुमन सायमीसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् ।
नेकपाबाट सायमी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने गरी समाहित हुन थालेको नेकपाका नेता बताउछन् ।

नेकपाका नेता हिमाल शर्माले सामाजिक सञ्जालमा सायमी र सहकारी पिडित समितिका संयोजक सहित एकता भोली हुने बताएका छन् ।
सायमी २०७९ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेका थिए । सायमीले त्यसबेला १३ हजार ७ सय ७० जना ल्याएका थिए । उनी स्वतन्त्र अभियानमा सक्रिय रहदै आएका छन् ।

 

२०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विराजभक्त श्रेष्ठसँग पराजित भए ।