जसपा र लोसपाबीच पार्टी एकता : १२ बुँदे सम्झौतामा महन्थ संरक्षक, उपेन्द्र अध्यक्ष
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकता भएको छ । आइतबार पार्टी एकता गर्न दुई पार्टीबीच १२ बुँदे सम्झौता भएको छ ।
सम्झौता अनुसार, ४३ सदस्यीय केन्द्रीय समन्वय समिति बनाइएको छ । जसमा महन्थ ठाकुरलाई संरक्षक बनाइएको छ भने अध्यक्षमा उपेन्द्र यादव चयन भएका छन् ।
समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति पत्रमा उल्लेख छ ।
एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल रहने सहमति पत्रमा उल्लेख छ ।
एकता पछि ४३ सदस्यीय केन्द्रीय समिति बनाउने सहमति भएको छ। गत पुस १३ गते भएको दुई पार्टी एकता गर्ने सैद्धान्तिक सहमतिअनुसार आइतबार ४३ सदस्यीय केन्द्रीय समिति बनाउने सहमति भएको हो।
सहमतिअनुसार एकीकृत पार्टीको संरक्षक महन्थ ठाकुर हुनेछन्। उपेन्द्र यादव एकीकृत पार्टीको अध्यक्ष बन्नेछन्। अर्जुन थापा, अशेश्वर यादव, उमाकान्त झा, जितेन्द्रप्रसाद सोनार (सोनल) उमेश यादव, तारा विश्वकर्मा, दीपक कार्की, निर्जला राउत, प्रकाश अधिकारी, परमेश्वर साह, बलवीर नेपाली, वृषेशचन्द्र लाल, डा. विजयकुमार सिंह, विनोदकुमार सिंह, मृगेन्द्रकुमार सिंह मिश्र, मुकेशकुमार झा केन्द्रीय सदस्य बनेका छन्।
त्यस्तै मोहम्मद खालिद सिद्धिकी, रेणुकुमारी यादव, रमेशप्रसाद कुर्मी, रामकुमार शर्मा, राजकुमार राई, रकम चेम्जोङ, लालबाबु राउत, लाक्पा शेर्पा, लक्ष्मणलाल कर्ण, शरदसिं भण्डारी, सर्वेन्द्रनाथ शुक्ला, डा. सुरेन्द्रकुमार झा, डा. शिवजी यादव, सुरेन्द्रकुमार यादव सुरेश मण्डल, सुनी लामा, हृदयेश त्रिपाठी, हरिनारायण यादव, लालकिशोर साह, चन्देश्वरप्रसाद सिंह, प्रमिला यादव, जैनुल राइन, लीलादेवी सिटौला छन् ।
अध्यक्ष यादव र संरक्षक ठाकुरले हस्ताक्षर गरेको सहमतिमा उल्लेख छ।




प्रतिक्रिया दिनुहोस्: