विशेष महाधिवेशनले नेताको होइन, नीतिको कांग्रेस बनाउँछ : अर्जुननरसिंह केसी
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेसलाई नेताको होइन, नीतिको पार्टी बनाउने बेला आएको बताएका छन् । विशेष महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस अब पराक्रम गर्नेको पार्टी बन्नुपर्ने बताए ।
‘विशेष महाधिवेशनको उत्साह छ । कांग्रेसको रुपान्तरण गर्न, वैचारिक पुनर्जागृत गर्न । नेताको पार्टी होइन, नीतिको कांग्रेस बनाउनुपर्छ । व्यक्तिको होइन, संस्थागत पार्टी बनाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘परिक्रमा गर्ने होइन, पराक्रम गर्नेको कांग्रेस बनाउनुपर्छ ।’
अब विधि र थितिमा चलाउने कांग्रेस निर्माणमा लाग्नुपर्ने उनले बताए । जेन–जी विद्रोहको भावनालाई सम्बोधन गर्नेगरी नीति र नेतृत्व बदल्नुपर्ने उनको भनाइ छ । उनले भ्रष्टाचारविरुद्ध सशक्त अभियान चलाउन यो विशेष महाधिवेशन प्रस्ताव पारित गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्: