पदमाथि पद दिएर मुलुक अगाडि बढ्दैन : चन्द्र भण्डारी
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पदमाथि पद दिएर मुलुक अगाडि नबढ्ने बताएका छन् । विशेष महाधिवेशनसभालाई सम्बोधन गर्दै उनले व्यक्ति अवसरले नभई विचारले चल्ने तर्क गरे ।
‘सही मान्छेमा अवसर गए मुलुक बन्छ, असल मान्छे नभए अवसर दिएर पनि मुलुक बन्दैन’, उनले भने । नेता भण्डारीले देश र प्रजातन्त्र जोगाउनु आवश्यकता रहेको भन्दै मुलुकभरबाट कार्यकर्ताहरूले दिएको सुझावअनुसार पार्टी अघि बढेको बताए ।
‘हामीले आन्दोलन गर्न सक्यौँ, शासन सत्ता सञ्चालन गर्न सकेनौँ,’ उनले भने, ‘आफ्ना कार्यकर्ता र घुम्ने मान्छे राखेर मुलुक बन्दो रहेनछ भन्ने हो ।’
प्रतिक्रिया दिनुहोस्: