Bagmati Samachar Logo

कुलमानसँगको एकता भङ्गपछि रास्वपाद्वारा समानुपातिक सूची अद्यावधिक

काठमाडौं । कुलमान घिसिङसँगको पार्टी एकता भङ्ग भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समनुपातिकको सूची अद्यावधिक गराएको छ । शनिबार घिसिङले रास्वपासँगको एकता भत्काएर उज्यालो नेपाल पार्टीलाइ नै निरन्तरता दिएका छन् । रास्वपाले आइतबार निर्वाचन आयोगमा पुगेर सूची अद्यावधिक गराएको हो ।

रास्वपा प्रवक्ता मनिष झाले आइतबार समानुपातिकतर्फको सूची अद्यावधिक गरिएको जानकारी दिए ।

एकतापछि दुवै दलले साझा सूची आयोगमा बुझाएका थिए । अब रास्वपाको समानुपातिक सूचीमा उज्यालो नेपालको तर्फबाट प्रतिनिधित्व हुँदैन । कुलमान र रास्वपाबीच एकता हुँदा दुबै पार्टीबाट समेटेर आयोगमा समानुपातिक सूचि बुझाएको थियो ।