Bagmati Samachar Logo

राष्ट्रिय सभा निर्वाचन : नेकपाले एक्लै लड्ने , यी हुन उम्मेदवारहरु

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रियसभा निर्वाचनको लागि एकल लड्ने निर्णय गरेसँगै उम्मेदवारको टुङ्‍गो लगाएको छ । नेकपाको कांग्रेस र एमालेसँग चुनावी गठबन्धनमा भागबण्डा नमिलेपछि एक्लै लड्न उम्मेदवारको नाम टुङ्गो लगाएको छ । १८ सिटको लागि हुन लागेको निर्वाचनमा नेकपाले ४ सिट मागेको थियो । तर कांग्रेस एमालेले ३ सिट दिन तयार भएपछि नेकपा गठबन्धनबाट बाहिरीएको हो । आजै राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने छन् ।
नेकपाका नेता राजेन्द्र पाण्डेले सबै प्रदेशमा एकल उम्मेदवारी दिन प्रदेश समितिलाई निर्देशन दिएको बताए । उनले भने,‘एमाले कांग्रेससँग चुनावी तालमेलमा कुरा मिलेन । हामी एक्लै निर्वाचनमा जान्छौँ । एकल उम्मेदवारी दिन प्रदेश समितिलाई निर्देशन दिइसकेका छौँ । प्रदेश समितिले उम्मेदवारी दर्ता गर्नु हुन्छ ।’
नेकपाले मतभारका आधारमा मिलेर जानसकिने प्रस्ताव गर्दा कांग्रेस एमालेले नमानेपछि गठबन्धन हुन नसकेको नेकपाका अर्का नेता प्रकाश ज्वालाले बताए । नेकपाले उम्मेदवारको नाम छनौट गरिरहेको ज्वालाले बताए ।

नेकपाले कोसी प्रदेशबाट खेमराज सुन्दास, हेमराज घिमिरे र पानेनमिता न्यौ सिफारिस भएका छन् । मधेश प्रदेशबाट रामनन्दन प्रसाद,लक्ष्मण पौडेल , शम्भु पासवान​
र समिकुमारी अग्रवाल रहेका छन् त्यस्तै बागमती प्रदेशबाट सरोज कुमारी झ, प्रेम प्रसाद सापकोटाको नाम सिफारिस भएको छ ।
गण्डकी प्रदेशबाट कपिल लामा, लुम्बिनी प्रदेशबाट दुर्गा भण्डारी, वृहस्पति अधिकारी र सर्जन बिक रहेका छन् ।

कर्णाली प्रदेशबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतराको नाम सिफारिस भएको छ । सुदूरपश्चिम प्रदेशशबाट रोजी बस्नेत र टीकाराम जैशीको नाम सिफारिस भएको छ ।