Bagmati Samachar Logo

आफ्नै पार्टीसँगको एकतासभामा गएनन् बालेन र कुलमान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकतासभामा काठमाडौंका मेयर बालेन्द्र साह र कुलमान घिसिङ सहभागी भएनन् । सभापति रवि लामिछानेसहितका नेताहरू नागरिक उन्मुक्ति पार्टीसँगको एकता सभामा उपस्थिति भएका थिए । तर साह र घिसिङ सहभागी भएनन् । आज थरुहट–थारुवान अभियन्ताहरू बीच एकता भएको छ ।

उक्त सभामा उपसभापतिहरू डीपी अर्याल, स्वर्णिम वाग्लेलगायत पदाधिकारी उपस्थित हुँदा शाह र घिसिङ मात्रै होइन, उनीनिकट नेताहरू समेत गएका छैनन् । यसअघि घिसिङनिकट नेताहरू रास्वपा केन्द्रीय कमिटीमा मनोनीत भएका छैनन् ।

जबकि दुई शक्तिबिचको सम्झौतामा सम्मानजनक उपस्थिति हुने भनिएको छ । सोमबार बसेको बैठकले शाहनिकट नेताहरू मात्रै केन्द्रीय कमिटीमा मनोनीत भएका छन् । उज्यालो पार्टीका संरक्षक रहेका घिसिङले रास्वपासँग एकता गर्दा उपसभापतिसहित थप एक पदाधिकारी लिने गरी सहमति गरेका थिए । तर, २१ जना केन्द्रीय सदस्य दिने सहमति भए पनि रास्वपामा मनोनीत हुन सकेका छैनन् ।

काठमाडौंमा मात्रै होइन, यसअघि पोखरामा भएको रास्वपाको कार्यक्रममा पनि शाह र घिसिङनिकट नेताहरू अनुपस्थित भएका थिए । पार्टी एक गरेको छोटो समयमै विभिन्न खेमाबाट आएका नेताहरूबीच अझैसम्म पनि तालमेल हुन सकेको देखिएको छैन । उनीहरूबीच खटपट भएको बुझिएको छ ।