रास्वपा, नागरिक उन्मुक्ति र थरुहट–थारुवान अभियन्ताबीच नौबुँदे सहमति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति र थरुहट–थारुवान अभियन्ताबीच नौबुँदे सहमति भएको छ । नागरिक उन्मुक्तिको नेतृत्व वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले गरेका छन् ।
त्यस्तै थरुहटथारुवान अभियन्ता सुरेन्द्र चौधरी र लक्ष्मण चौधरीको समूह रास्वपासँग एकता गरेको छ । यी तीन शक्तिहरूबीच भएको नौबुँदे सहमतिमा टीकापुर घटनालाई राजनीतिक आन्दोलनको रूपमा स्वीकार्ने सहमति भएको छ ।
त्यस्तै सहमतिमा निजामती, न्यायिक, प्रहरीलगायत सबै सरकारी सेवामा आरक्षित वर्गका लागि तोकिएका अनुपातमा थारुहरूको आरक्षण व्यवस्था अभ्यास पूर्णतः लागू गर्नेलगायत उल्लेख छ । सहमतिपत्रमा रास्वपाका तर्फबाट उपसभापति डोलप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: