Bagmati Samachar Logo

रविसँग ६० लाख धरौटी माग्ने जिल्लाको आदेश उच्चले पनि गर्यो सदर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एवं अरु आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटनले पनि सदर गरेको छ ।

न्यायाधीशहरु खडानन्द तिवारी र दिपककुमार खरेलको इजलासले स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो ।

गत २ माघ, २०८१ मा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
लामिछाने विभिन्न जिल्लाबाट सहकारी ठगी प्रकरणमा धरौटीमा छुट्दै आएका छन् ।