Bagmati Samachar Logo

२१ फागुनको चुनावको लागि कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ कालिकोटबाट एकल सिफारिस गरिएको छ ।

पार्टीका केन्द्रीय सदस्य प्रकाश रोकायाका अनुसार, आज बसेको जुम बैठकबाट प्रचण्डको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको हो ।

यसअघि उनको नाम महोत्तरी–३, सिन्धुली–२, कास्की–३ लगायतका क्षेत्रबाट उनको नाम सिफारिसमा परेको थियो ।

२०६४ सालदेखि प्रचण्डले दोहराएर कुनै पनि निर्वाचन क्षेत्रबाट चुनाव लडेका छैनन् । संसदको पहिलो यात्रा रोल्पाबाट सुरु गरेका थिए । दोस्रो संविधान सभामा काठमाडौं १० र मोहत्तरीबाछ लडेका थिए । २०७४ सालमा चितवनबाट र २०७९ मा गोरखा २ बाट चुनाव लडेर विजयी भएका थिए ।