Bagmati Samachar Logo

नेकपाले समानुपातिकमा सबै नयाँ व्यक्ति पठाउने

नेपाली कम्युनिस्ट पार्टीले यसपालि समानुपातिकतर्फका सबै नयाँ व्यक्ति पठाउने निर्णय गरेको छ।

नेकपाको पार्टी नेतृत्वले यसपालिको समानुपातिक सूचीमा अहिलेसम्म पार्टीमा जनप्रतिनिधि नभएकालाई पठाउने निर्णय भएको नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

पार्टी नेतृत्वले गरेको निर्णय अनुसार यसअघि सांसद र राष्ट्रिय सभा सदस्य नभएकाहरू समानुपातिक सूचीमा पठाउने भएको छ ।

निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने आज अन्तिम दिन हो। आज नै नेकपाले बन्द सूची बुझाउने तयारी गरेको छ । निर्वाचन आयोगले सोमबार ४ बजेसम्म सूची बुझाउन समय दिएको छ ।