बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने संसद् पुनर्स्थापनाबारे छलफल भयो
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग संसद् पुनर्स्थापनाका विषयमा छलफल भएको बताएका छन् ।
ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेन्जनकारको निवासमा भएको भेटपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै संसद् पुनर्स्थापनाका विषयमा छलफल भएको बताएका हुन् ।
विघटित प्रतिनिधिसभाका सदस्य शर्माले भने, ‘संसद् सद पुनर्स्थापना गर्दा के हुन्छरहुँदैन भन्ने विषयमा हाम्रो छलफल केन्द्रित भयो ।’
उनले बालेनले अन्य दल र समूहसँग गरिरहेको छलफलको विषयमा भने अनभिज्ञता जनाए ।
नेता शर्माले आफूलाई ५–१० वर्षपछिको कांग्रेस सभापतिको रूप प्रस्तुत गर्दै पार्टी भने नछाड्ने प्रतिक्रिया दिए ।
प्रतिक्रिया दिनुहोस्: