जाँचबुझ आयोगले बयानका लागि तत्कालीन गृहमन्त्री लेखकलाई पठायो पत्र
काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा गृहमन्त्री रहेका रमेश लेखकलाई जाँचबुझ आयोगले बयानका लागि उपस्थित हुन पत्र पठाएको छ ।
लेखकलाई आज मंगलबार पत्र काटिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने पत्र काट्न बाँकी रहेको उनको भनाइ छ ।
सरकारले जेनजी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।
आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । यो आयोगको कार्यकाल तीन महिना तोकिएको थियो। तर हालसालै एक महिना थपिएको छ ।
जेनजी आन्दोलनको पहीलो दिन २१ जना स्कुले बालबालीकाको मृत्यु भएको थियो । त्यसको जिम्मेवारी तत्कालीन सरकारले लिएन् । आन्दोलनको दोस्रो दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएर हेलीकप्टरमा भागेका थिए ।
प्रतिक्रिया दिनुहोस्: