Bagmati Samachar Logo

शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीसहित तीन दलका शीर्ष नेताहरूको संवाद जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसहित तीन दलका शीर्ष नेताहरूको बैठक जारी छ । शीतलनिवासमा बैठक चलिरहेको हो ।

बैठकमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् ।

जेन जी आन्दोलन पछि शीर्ष नेताहरु, राष्ट्रपति र प्रधानमन्त्री सहित पहीलो पटक बैठक बसेका हुन् ।