Bagmati Samachar Logo

विचार नभएकाहरू सामाजिक सञ्जालमा स्टन्टबाजी गरेकै भरमा जनतालाई भ्रमित पार्दैछन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा स्टन्ट गरेकै भरमा कुनै इतिहास नभएका मानिसहरूले जनतालाई भ्रममा पारिरहेको बताएका छन्।

काठमाडौंमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै देश अफ्ठेरो अवस्थामा रहेको भन्दै सच्चा वामपन्थी र कम्युनिस्टहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन्।

उनले भने, ‘पछिल्लो समय विचारको इतिहास, त्याग र तपस्याको भूमिका र निष्ठालाई कम महत्त्व दिने, कुनै वैचारिक इतिहास नभएकाहरू हावी हुँदै गइरहेका छन्। कुनै स्पष्ट विचार नभएकाका तत्त्वहरू सामाजिक सञ्जालमा स्टन्टबाजी गरेकै भरमा जनतालाई भ्रमित पार्ने रोगजस्तै लागेको छ।’

उनले आफ्नो पार्टी स्टन्टबाजी नगरेर राष्ट्रको समस्यालाई केन्द्रमा राखेर अघि बढ्ने सङ्कल्पसाथ अघि बढ्ने बताए।