ओलीले भन्दा बढी मत ल्याए पृथ्वीसुब्बा र विष्णु पौडेलले
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा पदाधिकारीमा सबै भन्दा बढी मत उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले ल्याएका छन् ।
अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् भने महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।
ओलीले १६६३ मत प्राप्त गर्दा उपाध्यक्ष पदका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले १७३७ मत प्राप्त गरे भने सोही पदमा विष्णुप्रसाद पौडेलले १६७५ मत प्राप्त गरेका छन् ।
ओलीले अध्यक्ष पदमा ईश्वर पोखरेललाई भारी मतान्तरले विजयी भए पनि ओली लोकप्रिय मतमा अरु दुई नेताभन्दा पछाडि परेका छन् ।
प्रतिक्रिया दिनुहोस्: