१९ पदाधिकारीमा ईश्वर प्यानलबाट गोकर्ण र योगेशको मात्रै सम्भावना
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट नेतृत्व चयनको लागि भएको निर्वाचनको मतगणना जारी छ।
भृकुटीमण्डपमा जारी मतगणना चलिरहँदा अहिलेसम्म ईश्वर पोखरेल पक्षबाट पदाधिकारीमा २ जनाले मात्र सम्भावना देखिएको छ ।
पोखरेल पक्षबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईले दुबै जना चयन हुने पदाधिकारीको लिस्टभित्र छन् ।
एमालेको संशोधित विधानअनुसार यो चुनावबाट उपाध्यक्षमा ५ र उपमहासचिवमा ३ जना चुनिनेछन्।
उपमहासचिवमा अहिलेसम्मको अपडेट
लेखराज भट्ट: ४४०
रघुवीर महासेठ: ३९३
योगेश भट्टराई: ४०४
विष्णु प्रसाद रिमाल: ३२५
आनन्द प्रसाद पोखरेल: २०४
वैजनाथ चौधरी: १५१
१९ पदाधिकारीमध्ये अन्य सबैमा ओली पक्षकै उम्मेदवार अगाडि भइरहेका छन्।
प्रतिक्रिया दिनुहोस्: