Bagmati Samachar Logo

एमालेको मतदान आज नहुने, भोलि बिहान ८ बजेसम्मका लागि स्थगित

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज ७ बजेबाट सुरु हुने भनिएको मतदान स्थिगित भएको । मतदान भोलि बिहान ८ बजेदेखि सुरु हुने एमालेले जनाएको छ ।

विद्युतीय मेसिन बिग्रेकाले मतदान आज नहुने भएको जानकारी दिइएको छ । सुरुमा आज मध्याह्न १२ बजे मतदान सुरु हुने भनिएको थियो । समय सार्दै साँझ ७ र पछि ८ बजे सुरु हुने भनिएको थियो ।

अन्तिममा आज मतदान नहुने गरी स्थगित गरिएको छ । एमाले प्रतिनिधिहरू मतदानका लागि लामबद्ध भइसकेका थिए । उनीहरूलाई हलमा बोलाएर मतदान स्थगित भएको जानकारी गराइएको हो ।

दिनभर अल्मल्याएर मतदान स्थगित गरेको भन्दै प्रतिनिधिहरूले असन्तुष्टि पोखेका थिए । मतदाताहरू भने मतदान हुने आशामा लाइनमै बसेका थिए ।