Bagmati Samachar Logo

एमालेका शेर्पा र गिरीको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनमा दुई नेताको उम्मेदवारी खारेज भएको छ । बहुविवाहको मुद्दा लागेका पासाङ शेर्पाले दर्ता गराएको केन्द्रीय सदस्यको उम्मेदवारी निर्वाचन आयोगले खारेज भएको छ ।

उनले उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला अनुसार कारबाही भुक्तान गरिसकेका छन् । त्यसैगरी, अर्को उम्मेदवार धर्मलाल गिरीको पनि उम्मेदवारी खारेज भएको छ । उनले फरक भूगोलबाट आरक्षण कोटामा उम्मेदवारी दिएका कारण खारेज भएको बताइएको छ ।

आज साँझ ७ बजेबाट नेतृत्व चयनको लागि निर्वाचन हुर्दै छ ।