Bagmati Samachar Logo

यी हुन ओलीको प्यानलबाट पदाधिकारीमा प्रतिस्पर्धा गर्नेहरु , ६ नयाँ अनुहार

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली पक्षले पदाधिकारीमा १३ जना पुराना र ६ जना नयाँ अनुहार प्रतिस्पर्धामा उत्रेका छन् । अध्यक्ष, उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा यसअघि पदाधिकारी रहेका अनुहार नै समेटिएका छन् ।
अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली छन् । महासचिव शंकर पोखरेल रहेका छन् । त्यस्तै, उप–महासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र विष्णु रिमाल रहेका छन् ।

नौ सचिवका उम्मेदवारमा भानुभक्त ढकाल, पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी यामलाल कँडेल, शेरधन राई, हिक्मतकुमार कार्की, महेश बस्नेत र राजन भट्टराई रहेका छन् ।

ओली पक्षले सचिवमा भने ६ जना नयाँ अनुहार समेटेको छ । सचिवमा खगराज अधिकारी, यामलाल कँडेल, डा.राजन भट्टराई, हिक्मतकुमार कार्की, शेरधन राई र महेश बस्नेतलाई ओली पक्षले उम्मेदवार बनाएको छ । यी ६ जना अहिलेसम्म पदाधिकारीका नयाँ अनुहार हुन् ।

र्की १०औँ महाधिवेशनपछि स्थायी कमिटी सदस्य थिए । यस्तै सचिवमै उम्मेदवार बनाइएका बस्नेत भने यसअघि पोलिटब्यूरो सदस्य थिए ।