हामी एक–एक एकै रहने कि एघार बन्ने : ओली
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले एमाले नेता कार्यकर्ताहरू एक–एक एकै रहेन कि एघार हुने भन्ने प्रश्न उठेको बताए । भक्तपुरमा एमालेको ११औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
उनले एमालेहरूले हात मिलाउन आग्रह पनि गरेका छन् । उनले मन मिलाउन पनि भनेका छन् । उनले भने, ‘हामी एउटै एक–एक हौँ, साथहात मिलाइयो भने एकएक एघार हुनेछौँ ।’ उनले एमाले नेता कार्यकर्ता एकैतिर फर्केको, एक भएको दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: