Bagmati Samachar Logo

अनिर्वाचित सरकार एमालेलाई मञ्जुर हुँदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको कडा आलोचना गरेका छन् । यो सरकार आफ्नो दललाई मञ्जुर नहुने बताएका छन् । भक्तपुरको सल्लघारीमा ११ औँ महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै यो अनिर्वाचित सरकार आफूहरूलाई मञ्जुर नहुने बताएका हुन् ।

उनले भने, ‘स्पष्ट रूपमा भन्छौँ । जन्मजात श्रेष्ठताका आधारमा शासन गर्ने व्यवस्था सामन्ती हो । आजको युगमा अनिर्वाचित सत्ता हामीलाई मञ्जुर छैन ।’ उ

अध्यक्ष ओलीले आफ्नो दल हिंसा वा युद्धबाट समाज परिवर्तनको साधन नहुने र हुन नहुने पक्षमा रहेको पनि बताए । उनले भने, ‘संविधान संशोधन गर्ने अधिकार हाम्रो हो भन्छौँ । हाम्रो स्वत्नत्रताको प्रयोग सदुपयोग र सुपउपयोग हामी गर्छौं भन्छौँ । कस्तो देशले कुन बाटो रोज्ने ? कस्तो राजनीतिक प्रणाली निर्णय गर्ने अधिकार हाम्रो हो भन्छौँ । कतिलाई मन पर्दैन । अनि हामी माथि प्रहार हुन्छ ।’