Bagmati Samachar Logo

मनोनीत १०८ प्रतिनिधिको नाम टुंग्याउने जिम्मा ओली र पोखरेललाई

काठमाडौं । नेकपा एमालेले ११औँ महाधिवेशनका लागि मनोनीत हुने १०८ जना प्रतिनिधिको नाम टुंग्याउन हम्मेहम्मे परेको छ।

शुक्रबार बसेको सचिवालय बैठकले विधान अनुसार ५ प्रतिशत मनोनित गर्ने निर्णय गरेको छ। तर, सहमति नजुट्दा प्रतिनिधिहरूको नाम टुंगिन सकेन।

मनोनीत हुनेहरूको नाम टुंग्याउने जिम्मा बैठकले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएको एक नेताले बताए।

आजको बैठकमा केही नामहरू प्रस्तावित भएपनि सहमति हुन नसक्दा टुंगो लाग्न नसकेको ती नेताको भनाई छ।

प्रस्तावित नामबाट अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलले सहमतिका आधारमा टुंगो लगाउने उनले बताए।

एमालेको विधानतमा ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने प्रावधान छ।