मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की, यी चार जना मन्त्री बन्ने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।
उनले आज कुमार इङनाम, माधव चौलागाई, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्री बनाउन लागेकी हुन् । उनीहरूलाई कुन–कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयमा जानकारी गराइएको छैन ।
नयाँ मन्त्रीहरूको शपद दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: