Bagmati Samachar Logo

रामकुमारी लगायत एमालेमा फर्किएका नेताहरु महाधिवेशन प्रतिनिधि बने

मिना श्रेष्ठ

काठमाडौं । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीबाट एमालेमा प्रवेश गरेका १८ जना नेताहरु महाधिवेशन प्रतिनिधि भएका छन् ।

तत्काली १८ जना नेताहरुलाई महाधिवेशन प्रतिनिधि बनाइएको तर अन्य नेताहरुको हकमा भने पार्टीले मनोनीत गर्न सक्ने संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले बताए ।

तत्कालीन एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्री, केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ,राजाराम स्याङ्ताङसहितका नेता २४ कार्तिकमा एमालेमा प्रवेश गरेका थिए । फर्किनेमध्ये केन्द्रीय सदस्यहरुलाई प्रतिनिधि बनाउने निर्णय एमालेले गरेको छ । अन्य नेताहरुको हकमा भने भोली पार्टीको बैठकले निर्णय गर्न पनि सक्ने गर्न पनि नसक्ने अधिकारी बताउछन् ।

प्रतिनिधि भएका नेताहरु
१. रामकुमारी झाँक्री
२. कृष्णकुमार श्रेष्ठ (बारा)
३.उपेन्द्र साह (रौतहटं)
४.श्रीप्रसाद शर्मा (बाग्लुङ)
५. ई. गम्भीरलाल श्रेष्ठ ( सिन्धुपाल्चोक)
६. पिताम्बर तिमल्सिना (तेह्रथुम)
७. राजाराम स्याङ्ताङ (मकवानपुर)
८. ध्रुवराज विष्ट (भक्तपुर)
९.नवराज पौडेल (सिन्धुपाल्चोक)
१०.अर्जुन राई (धनकुटा)
११. अम्बिका राई (खोटाङ)
१२. बबी चाम्लिङ राई (खोटाङ)
१३. हिराकुमारी दाहाल (मोरङ)
१४. मीनाकुमारी परियार (कपिलवस्तु)
१५. लोकविक्रम थापा (कञ्चनपुर)
१६. वीरेन्द्र यादव (मोरङ)
१७. डा. उद्घव पोखरेल (मोरङ)
१८.सर्सुदेवी गुरुङ ( मोरङ)

एमालेले घर फर्क अभियान चलाएको थियो । जस अनुसार नेकपा एकीकृत समाजवादीबाट एमालेमा नै फर्केका केन्द्रीय सदस्यहरुलाई प्रतिनिधि बनाएको हो ।