Bagmati Samachar Logo

मिर्गौला पीडित हमाललाई हङकङबाट ९ लाख भन्दा बढी सहयोग

काठमाडौं। पर्वत निवासी मिर्गौला पीडित ३१ वर्षीय प्रताप विक्रम हमाललाई पयुँ खोला समाज हङकङबाट आर्थिक रकम सहयोग गरिएको छ ।

विगत २ वर्षदेखि दुवै मिर्गौलामा समस्या भई उपचार गराइरहेका हमालको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने छ । तर, प्रत्यारोपण गर्न ठुलो रकमको आवश्यकता भएकोले उनले बताएका छन् । हाल किष्ट हस्पिटलमा उपचारत र सुमेरु हस्पिटलमा हप्ताको दुई पटक डायलिसिस गराइरहेका हमाललाई हङकङबाट पयुँ खोला समाज हङकङका दुर्गा बहादुर थापा, श्रीमती सान्ति थापा र रकम गुरुङको नेतृत्वमा ९ लाख १६ हजार रुपैयाँ सहयोग गरिएको हो । उक्त रकम आज ९बिहीबार० ललितपुरको धापाखेलमा एक कार्यक्रमको आयोजना गरी बिरामीलाई हस्तान्तरण गरिएको हो ।

२ वर्षदेखि उपचार गराइरहेका हमाल हाल मिर्गौला प्रत्यारोपणको क्रममा रहेका छन् ।उपचारका लागि आर्थिक सहयोगको आवश्यकता रहेको बिरामी र उनको परिवारले बताएका छन् । हमालको उपचारका लागि हङकङका दुर्गा थापा, मतीश्री पुनमगर, रसना गुरुङको नेतृत्वमा पर्वत क्लब हङकङका बटर फ्लाई भलिबल गेमका क्रममा सहयोग संकलन गरिएको थियो ।

त्यसैगरी लक्ष्मी गुरुङ, राजकुमार श्रेष्ठ, महेश पुन, सन्तोष थापा, किरण गुरुङ, पुष्पा थापाले मिर्गौला पीडितको उपचारका लागि हङकङमा रकम संकलन गर्न नेतृत्व गरेका थिए ।

आर्थिक अभावका कारण मिर्गौला प्रत्यारोपन हुन सकेको छैन । परिवारको आयश्रोत बलियो नभएको र भारत गई उपचार गर्न कठिनाइ भएको छ । विरमीका उच्च रत्तचापका कारण हिडडुल गर्न नसक्ने अवस्थामा छ । बुवा पनि विमारी भई उपचार गराइ रहेकाले झनै आर्थिक संकट आइपरेको विरामीले बताए । सहयोग गरिदिन पनि उनेले आग्रह गरेका छन् ।