Bagmati Samachar Logo

सुशीला कार्की नेतृत्वकाे सरकार गोबर लगाएर टाँसेको हो, कतैबाट चुनिएको होइन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकार गोबर लगाएर टाँसेको नाग जस्ता भएको बताएका छन् । महाधिवेशनअघि बिहीबार सम्पादकसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकार फेद न टुप्पोको भएको बताएका पनि हुन् ।

उनले भने, ‘यो फेद न टुप्पोको सरकार हो । यो सरकार दैलामा नागपञ्चमीमा टाँसेको नागको फोटोजस्तो हो । यो नागको फोटो कसले टाँस्यो ? गोबर लगाएर टाँसेको सरकार हो । कतैबाट चुनिएको होइन ।