Bagmati Samachar Logo

पूर्वराष्ट्रपति आलोचनामा नआउनुस्, सम्मानित भएर बस्नुहाेस् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति आक्रोस पोखेका छन् । उनले भण्डारी सक्रिय राजनीतिमा आउन नहुने अडान दोहोर्‍याएका छन् ।

एमालेको ११ औँ महाधिवेशनको पूर्वसन्ध्यामा सम्पादकहरूसँगको छलफलमा बिहीबार ओलीले राष्ट्रपति भइसके व्यक्ति सक्रिय राजनीतिमा आएर विवादमा आउनु ठिक नुहने बताए ।

‘उनले भने, ‘पूर्वराष्ट्रपतिजी दलीय राजनीतिमा र खिचातानीमा आउनु हुँदैन । कार्यकारी काम गर्दा आलोचनामा पर्छ । सेरेमोनियल र सम्मानित भएरै बस्नुपर्छ । आलोचना र विवादमा आउनु पर्दैन । आलोचनाभन्दा माथि बस्नुपर्छ । आलोचना नगर्ने, विवादमा नतानिने हुनुपर्छ । उहाँ त्यसै गरी बस्दा राम्रो हुन्छ ।’

राजनीति प्रवेश नगरी भण्डारीले मदन भण्डारी फाउन्डेसन चलाइरहेको पनि उनको भनाइ छ । उनले भने, ‘उहाँ अहिले राजनीतिमा प्रवेश गर्छु भनिरहरनुभएको छ । प्रवेश नगरी मदन भण्डारी फाउन्डेसन चलाउनुभएको ।’