एमाले महाधिवेशन : कांग्रेस, नेकपादेखि वैद्य र विप्लवसम्म निम्तो
काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशन सुरु हुन दुई दिन बाँकि छ । २७ मंसिरमा भक्तपुरको सल्लाघारीमा उद्घाटन हुने छ ।
एमाले महाधिवेशनका लागि देशभरीबाट प्रतिनिधि चयन भएका छन् । एमालेले महाधिवेशनमा संसदमा भएका सबै पार्टी र संसद बाहिर भएका केहि पार्टीलाई महाधिवेशनको निम्तो दिएको एमाले केन्द्रीय सदस्य महेश बर्तौलाले बताए । उनले भने,‘संसदमा भएका सबै राजनीतिक दलहरुलाई महाधिवेशनमा सहभागी हुनको लागि निम्तो दिएका छौँ । संसद बाहिर भएका केहि पार्टीलाई निम्तो दिएका छौँ ।’
एमाले महाधिवेशनमा पहिला विदेशमा भएका भाइचारा पार्टीलाई पनि निम्तो दिन्थ्यो ।
यो पटक भौतिक रुपमा नबोलाएर शुभकामनाको लागि २६ वटा पार्टीहरुलाई पत्र पठाएको बर्तौलाले बताए । उनले भने,‘भौतिक रुपमा विदेशमा भएका हाम्रो भाइचारा पार्टीहरु सहभागी हुनु हुन्न । शुभकामना सन्देशमात्र पठाउनु हुन्छ होला । हामीले नै भौतिक रुपमा बोलाएका छैनौँ ।’
एमालेले यो पटक भौतिक रुपमा नै भाइचारा पार्टी नबोलाउनुको कारण अवस्थ अलित संवेदनशील रहेको प्रचार प्रसार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनले भने,‘नेपालमा भएका राष्ट्रिय पार्टीलाई बोलाएका छौँ । विदेशबाट बोलाउदा देशको अवस्था सामान्य छैन । अवस्था तरल छ । त्यहि भएर नेपालमा भएका कुटनितिक नियोगहरुलाई निम्ता दिएका छौँ ।’
एमालेले महाधिवेशनमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी, नेकपा (माले), राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायतलाई निम्तो दिएको छ ।
संसद बाहिर भएका नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माओवादी र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पाटी नेपाललाई निम्तो दिएको बर्तौलाले बताए ।
प्रतिक्रिया दिनुहोस्: