कर्णाली सेवा समाज अष्ट्रेलियाले जनेजी आन्दोलनका घाइते कर्णालीका युवाहरुलाई तीन लाख सहयोग
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेशका युवा नेता मनोज खत्रीको विशेष पहलमा ‘कर्णाली सेवा समाज अष्ट्रेलिया’ तथा ‘जानकी फाउन्डेशन ग्रुप’ले जेनजी आन्दोलनका क्रममा गम्भीर रूपमा घाइते भएका कर्णालीका युवाहरूलाई कुल तीन लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।

खत्रीको पहलमा नै अनशनरत जेनजी घाइतेहरू तथा कर्णाली जेनजी वारियर्स लाई पनि सहयोग उपलब्ध गराइएको छ। जनेजी आन्दोलनमा कर्णालका विभिन्न जिल्लाका युवाहरु घाइते भएका छन् । घाइते हुनेमा सन्तोष बोहोरा जुम्ला, दयानन्द गिरि जुम्ला, पवन शाही कालिकोट, दिपेन्द्र बस्नेत दैलेख, प्रकाश बोहोरा दैलेख, सुमन बोहरा सुर्खेत रहेका छन् ।
घाइते सबैलाई आर्थिक सहयोगक प्रदान गरेको छ । जसमा सन्तोष बोहोरालाई रु ५५ हजार, दिपेन्द्र बस्नेतलाई रु ५५ हजार, प्रकाश बोहरालाई ५० हजार, पवन शाही रु ५० हजार, दयानन्द गिरी रु ५० हजार, सुमन बोहरा रु २५ हजार सहयोग उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्: