देश परिवर्तन गर्ने भिजन छ, हावामा भाषण गरेर हुदैँनौँ : साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशलाई परिवर्तन गर्ने भिजन आफूहरुसँग भएको बताएका छन्।
सोमबार काठमाडौँमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले भाषण गरेर मात्रै आफूलाई नेता नठान्ने जिकिर गरे।
उनले भने, ‘अन्तिम विकल्प बनेर तपाईंहरुसामुन्ने हामी आएका छौँ, श्रम संस्कृतिसँग छ भिजन। हामीसँग छ भिजन । हामी यो देशलाई कसरी परिवर्तन गर्नसक्छौँ भन्ने जरादेखिको उपाय छ। हामी त्यतिकै हावमा ३ घण्टा भाषण ठोकेर आफूलाई नेता सम्झदैनौँ।’
उनले आफूहरु जनताको बस्ती बस्तीमा गएको र जनताको समस्या बुझेको समेत उल्लेख गरे। साम्पाङले भने, ‘जनताको गरिब गरिब बस्तीमा हामी पुगेका छौँ, जनताको दुःखमा रोएका छौँ। जनताको हरेक समस्यालाई हामीले बुझेका छौँ।’
उनले श्रम संस्कृति पार्टी सबैको साझा रहेको समेत उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस्: