Bagmati Samachar Logo

जनकपुरले दियो लुम्बिनीलाई १ सय ३३ रनको लक्ष्य

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई १ सय ३३ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको छ ।
जनकपुरका लागि संगीत कुरेले अविजित ४५, मयन यालवले अविजित २७, आसिफ शेखले २०, सञ्जय कृष्णमुर्तिले १४ र सुभ कंसकारले ११ रन बनाए ।

लुम्बिनीका लागि शेर मल्ल र कप्तान रोहितकुमार पौडेलले दुई–दुई तथा रुबेन ट्रम्पलम्यान र जेजे स्मिथले एक–एक विकेट लिए ।