प्रचण्ड र विप्लवबीचको वार्ता सकारात्मक दिशातर्फ , छिटै एकता गर्ने तयारी
मिना श्रेष्ठ
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका पार्टीबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टी बनेको छ । उक्त पार्टीले देशभरी एकता सन्देश दिन सभाहरु गर्दै आएको छ । तर नेत्रवित्रम चन्द विप्लवसँग पार्टी एकता गर्ने कुरा सकारात्मक भएपछि अहिले सन्देश सभा रोकेको पूर्वमाओवादी स्रोतले बताए ।
स्रोतका अनुसार १७ मंसिरमा उपत्यका प्रदेशमा हुने भनेको एकता सन्देश एकताका कारण रोकिएको हो । स्रोतले भने,‘एकता रोकिनुको कारण नेकपा माओवादीसँग एकता सकारात्मक तर्फ अघि बढेकाले हो । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा माओवादीका महासचिव विप्लवबीच निरन्तर सम्वाद भइरहेको छ । विप्लव एकतामा आउन तयार भएका छन् ।’
विप्लव नेतृत्वको नेकपा माओवादी निर्वाचन आयोगमा दर्ता भएको छ ।
एकता हुने अवस्थामा मंसिरभित्र एकता हुने छ ।
लामो समय माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच एकता हुने भनेपनि एकता हुन सकेको थिएन् । जेनजी आन्दोलनपछि विप्लवले प्रचण्डलाई भेटेर अध्यक्ष मागेपछि प्रचण्ड एकताबाट विमुख भएका थिए । तर अहिले संयोजक र सहसंयोजक रहनेगरी नेकपा एकीकृत समाजवादीलगायतका १५ पार्टीबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टी बनेको छ ।
नेकपा बनेको एक महिना हुँदा पनि एकता पछि कुनै सांगठनिक , राजनैतिक र सैद्धान्तिक एकता भएको छैन । नत एकताको सुरसार नै छ । यसको कारण विप्लवसँग एकताको वार्ता सकारात्मकरुपमा अगाडि बढ्नु र एमालेको महाधिवेशन पछि हुने राजनीतिक परिस्थितिको मूल्याङकन बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्: