Bagmati Samachar Logo

बालेन साहलाई पितृशोक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई पितृशोक परेको छ । उनको बुबा रामनारायण शाहको निधन भएको छ ।

सिभिल अस्पतालमा उनको मृत्यु भएको अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले पुष्टि गरे ।

मेयर बालेनको सचिवालयका अनुसार उनको मुटुमा समस्या देखिएपछि उनी हिजो बिहान बेहोस भएका थिए । लगत्तै उनलाई सिभिल अस्पताल लगिएको थियो ।

शाहको शरीरमा रगत समेत जाम भएको थियो । उनलाई त्यसपछि भेन्टिलेटरमा राखिएको थियो ।