Bagmati Samachar Logo

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । आज (आइतबार) दिउँसो १२ बजेर ९ मिनेट जाँदा बझाङको सैपाल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

छिमेकी जिल्ला बझाङको सैपाल हिमालमा केन्द्रबिन्दु बनाएर ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

सैपाल हिमालमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले बाजुरामा पनि धक्का दिएको छ।

पश्चिमी क्षेत्रमा भूकम्प आउन थालेपछि स्थानीय त्रसित बनेका छन्।

भूकम्पीय जोखिममा रहेको सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङसहित आसपासका स्थानीयमा त्रास फैलिएको छ।